काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन्। फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेपछि उनले राजीनामा दिएकी हुन्। ‘उहाँले दिउँसो २ बजे राजीनामा दिनुभएको हो’, उपमेयर ठकुरीले थाहाखबरसँग भनिन्, ‘मैले राजीनामा स्वीकृत गरिसकेँ।’पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले