काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सञ्चालन हुने कोरियाली भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन्।ललितपुरको भैँसेपाटीमा सञ्चालन भइरहेको कोरियाली भाषा परीक्षाको निरीक्षण गर्न पुगेका उनले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन गरिने भाषा परीक्षा प्रणाली वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसासमेत गरे। इपिएस परीक्षाको निष्पक्षताप्रति नेपालीको गहिरो विश्वास रहेको उन