काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ मलेसिया भ्रमणमा जाँदै छन्। मलेसियामा रहेका नेपाली कामदारको सेवा सुविधा, कूटनीतिक पहल लगायतका विषय लिएर उनी मलेसिया जान लागेको श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चारदिने भ्रमणमा जान लागेका हुन्। उनको टोलीमा श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्