श्रममन्त्री श्रेष्ठ युएई भ्रमणमा जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रम मन्त्रीको भ्रमणले विदेशमा रहेका नेपाली कामदारका लागि सहयोग पुग्ने उल्लेख गरे । उनले कानुन अनुसार ति देशमा कामदारले पाउने सुविधा दिलाउन सहयोग हुने बताए । 

सम्बन्धित सामग्री

लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दीकी नेतृत्वको समूहले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेको हो । भेटवार्तामा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या

दुबईमा घरेलु कामदारको सुरक्षा अवस्था बुझ्दै श्रममन्त्री श्रेष्ठ

काठमाडौं (अस) । संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । मन्त्रीको टोलीले दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवाप्रदायक संस्था (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्न सक्ने जोखिम तथा सुरक्षा प्रत्याभूतिलगायतबारे जानकारी लिएको हो । सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताए । उनीहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए । सरकारले ०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । कानुनी बाटोबाट कामदार पठाउँदा भन्दा गैरकानुनी बाटोबाट जाँदा जोखिम बढेकाले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा जाने श्रमिकलाई सुरक्षा प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवालासँग छलफल गर्दै आएका छन् । गत मंगलबार नेपाल–युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री अवारबीच भेटवार्ता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आएका छन् । युएई आएसँगै उनले यहाँका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अव्दुलमनान अल अवारसँग भेटवार्ता गरेका छन् । नेपाल र संयुक्त अरब इमिरेट्सको...

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार भ्रमणमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गरेको छ ।नेपाल–युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हो । भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, […]

श्रममन्त्री श्रेष्ठ आबुधावीमा : आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज हुँदैछ । यूएईको राजधानी आबुधाबीमा बस्ने नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम छ ।उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वय

वैदेशिक रोजगार सुधारको अभियानबाट पछि हट्दैन : श्रममन्त्री श्रेष्ठ

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाएका छन्।मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने संयुक्त कार्य समिति बैठकको तयारी सम्वन्धमा बोल्दै श्रेष्ठले वैदेशिक रोजगारी सुधार्ने अभियानबाट पछि नहट्ने बताएका हुन्।मन्त्री श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको बताए। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने

अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ आगामी हप्ता युएई जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीजामा युएई गई अलपत्र...

श्रममन्त्री श्रेष्ठ स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भागलिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई)भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।यही कात्तिक ८ देखि १२ गतेसम्म दुबइमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्किएका उले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रुपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए। कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जी

श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका हुन् । सो क्रममा नेपाल– युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सु...