स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय

गलकोट, १८ कात्तिक । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा थियो । तर कोरोना महामारीको समयमा गाउँ फर्कनु भएका दीपेन्द्र खत्री विद्यालयको कमजोर अवस्था देखेर चिन्ता लाग्यो । उनी विद्यालय […]

सम्बन्धित सामग्री

ब्रिटिस गोर्खाको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको मुखिताङमा ब्रिटिस गोर्खा वेल्फेयर र स्थानीयको लगानीमा तीन कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

स्थानीयको चन्दाबाट मन्दिरमा तामाको छानो

हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका–७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सम्पन्न भएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको […]

७ कक्षासम्म पढाइ हुने विद्यालयमा शिशु कक्षा मात्रै सञ्चालन

तुलसीपुर :  कुनै वेला कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा अहिले शिशु कक्षा मात्रै पढाइ हुने गरेको छ। गाउँमा विद्यार्थी नभएका पनि होइनन्। उनीहरू पढ्न अरू गाउँमा रहेका विद्यालय जान बाध्य छन्।६० वर्षअघि सञ्चालनमा आएको विद्यालय स्थानीय सरकारको लापर्वाहीका कारण यो अवस्थामा पुगेको स्थानीयको बुझाइ छ।दाङको तुलसीपुर उपमहानगर  हलवारस्थित श्री प्राथमिक विद्यालय यो अवस्थामा पुगेको हो। तुलसीपुर-७ हलवारकी सम्झना चौधरीले आफ्ना बच्चालाई उक्त विद्यालयमा भर्ना गरेकी छन्। उनले भनिन्, ‘विद्यालयको अवस्

सिरिसेमा विद्यालय बनेपछि बालबालिकालाई सहज

म्याङलुङ– स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो ।  विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण […]

शेयरबजारमा स्थानीयको चासो : आईपीओ भर्नेको संख्या लगातार बढ्दै

रौतहट (अस) । यसअघि बैंकमा खाता खोलेर बैंकिङ कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका ४ का युवा विकास सुवेदीलाई शेयर बजार सम्बन्धी खासै जानकारी थिएन । तर उनका साथीले शेयर मार्केटमा दिएको चासोले सुवेदीको पनि ध्यान यसैमा गयो । साथीहरू कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फारम भरे । त्यसपछि बिस्तारै उनले शेयर कारोबार अर्थात् विभिन्न कम्पनीले निष्कासन गर्ने गरेको आईपीओ भर्न थाले । चन्द्रपुर नगरपालिकामा विकास जस्तै धेरै युवाहरूले पछिल्लो समयमा शेयर मार्केटका बारेमा चासो दिन थालेका छन् । आजभोलि कर्मचारी तथा  गृहिणी मात्र होइन, विद्यालय तह उत्तिर्ण गरी कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि शेयर कारोबारमा ध्यान दिने गरेका छन् । यसक्षेत्रमा शेयरबजारमा स्थानीयको चासो बढ्दै गएको छ भने आईपीओ भर्नेको संख्या पनि लगातार बढ्दै गएको पाइएको छ ।  मुनलाईट एकेडेमी चन्द्रपुरका प्रिन्सिपल श्याम किशोर चौधरीले कक्षा ११ र १२ मा अध्ययनरत अधिंकाश विद्यार्थीले शेयर बजारमा चासो लिने र आईपीओ भर्ने गरेको बताए । ‘कलेजमा पनि शेयरका बारेमा अध्ययन हुन्छ’, उनले भने, ‘बैंकका कर्मचारी आएर बेला बेलामा सिकाउने पनि गरेका छन् ।’ अध्ययनमा पनि यसले महत्व दिने भएकाले उनीहरूलाई आवश्यक सहयोग तथा सल्लाह दिने गरेको उनको भनाइ छ । कलेजमा अध्ययनरत विद्यार्थीले अभिभावकलाई पनि बुझाउने र आईपीओे भर्न प्रेरित गर्ने गरेको प्रिन्सिपल चौधरीले बताए । छोराछोरी कै सल्लाहमा बैंकमा डिम्याट खाता खोलेर आईपीओ भर्न थालेको स्थानीय अभिभावक अशोक कोइरालाले बताए । ‘यस बारेमा खासै थाहा थिएन्’, उनले भने, ‘छोराछोरीले शेयरको बारेमा भनेपछि भर्न थालें ।’   अनलाईनबाट सजिलैसँग आईपीओ भर्न सकिने भएकाले सहज भएको उनले बताए । चन्द्रपुर नगरभित्र रहेका अधिंकाश कलेजका विद्यार्थी र उनीहरूका अभिभावकले आईपीओ भर्ने गरेका छन् । चन्द्रपुरमा रहेको एनआईसी एशिया बैंकको शाखाबाट दैनिक सरदरमा ४/५ जनाले डिम्याट खाता खोल्ने गरेको बैकका इन्चार्ज नेहा देवले बताइन् । अनलाइनबाट सजिलैसँग डिम्याट खाता खोल्न सकिने भएपछि धेरैले यस सुविधाको प्रयोग गरेको उनको भनाइ छ ।

शेयरबजारमा स्थानीयको चासो : आईपीओ भर्नेको संख्या लगातार बढ्दै

वैशाख १२, रौतहट  । यसअघि बैंकमा खाता खोलेर बैंकिङ्ग कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका - ४ का युवा विकास सुवेदीलाई शेयरबजार सम्वन्धी खासै जानकारी थिएन । तर उनका साथीले भने शेयरबजारमा दिएको चासोले उनको पनि ध्यान यसैमा गयो । साथीहरु कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फारम भरे । त्यसपछि बिस्तारै उनले शेयर कारोबार अर्थात् विभिन्न कम्पनीले निष्कासन गर्ने गरेको आईपीओ भर्न थाले ।  चन्द्रपुर नगरपालिकामा विकास जस्तै धेरै युवाहरुले पछिल्लो समयमा शेयर मार्केटका बारेमा चासो दिन थालेका छन् । आजभोलि कर्मचारी तथा  गृहिणी मात्र होइन, विद्यालय तह उत्तिर्ण गरी कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि शेयर कारोबारमा ध्यान दिने गरेका छन् । यसक्षेत्रमा शेयरबजारमा स्थानीयको चासो बढ्दै गएको छ भने आईपीओ भर्नेको संख्या पनि लगातार बढ्दै गएको पाइएको छ । मुनलाईट एकेडेमी चन्द्रपुरका प्रिन्सिपल श्याम किशोर चौधरीले कक्षा ११ र १२ मा अध्ययनरत अधिंकाश विद्यार्थीले शेयर बजारमा चासो लिने र आईपीओ भर्ने गरेको बताए । ‘कलेजमा पनि शेयरका बारेमा अध्ययन हुन्छ’, उनले भने, ‘बैंकका कर्मचारी आएर बेला बेलामा सिकाउने पनि गरेका छन् ।’ अध्ययनमा पनि यसले महत्व दिने भएकाले उनीहरुलाई आवश्यक सहयोग तथा सल्लाह दिने गरेको उनको भनाइ छ । कलेजमा अध्ययनरत विद्यार्थीले अभिभावकलाई पनि बुझाउने र आईपीओे भर्न प्रेरित गर्ने गरेको प्रिन्सिपल चौधरीले बताए । छोराछोरी कै सल्लाहमा बैंकमा डिम्याट खाता खोलेर आईपीओ भर्न थालेको स्थानीय अभिभावक अशोक कोइरालाले बताए । यस बारेमा खासै थाहा थिएन् उनले भने, ‘छोराछोरीले बताएपछि भर्न थालें ।’ ‘अनलाईनबाट सजिलैसँग आईपीओ भर्न सकिने रहेछ’, उनले भने । चन्द्रपुर नगरभित्र रहेका अधिंकाश कलेजका विद्यार्थी र उनीहरुका अभिभावकले आईपीओ भर्ने गरेका छन् । चन्द्रपुरमा रहेको एनआईसी एशिया बैंक शाखाबाट दैनिक सरदरमा ४/ ५ जनाले डिम्याट खाता खोल्ने गरेको बैकका इन्चार्ज नेहा देवले बताइन् ।  अनलाईनबाट सजिलैसँग डिम्याट खाता खोल्न सकिने भएपछि धेरैले यस सुविधाको प्रयोग गरेको उनको भनाइ छ ।

स्थानीयको सक्रियताले उदाहरणीय बन्यो एउटा विद्यालय

इटहरी । पाँच कक्षासम्म अध्ययन हुने विद्यालयमा एक समय तीनजना मात्रै विद्यार्थी भएपछि मोरङको मिक्लाजुङ गाउँपालिका १ मा रहेको श्री सिर्जना आधारभूत विद्यालयलाई पालिकाले ‘मर्ज’ गर्ने तयारी गरेको थियो । तर, स्थानीय सरकारको दबाबलाई बेपर्वाह गर्दै स्थानीयबासीले सक्रियता देखाएपछि अहिले यो विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, शिक्षा […] The post स्थानीयको सक्रियताले उदाहरणीय बन्यो एउटा विद्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्यालय पुरिएपछि सिरेटो सहँदै पढाइ

गत भदौको तेस्रो साताको बाढीसँगै खसेको पहिरोले विद्यालय भवन पुरिएपछि मोदी–६ तिलाहारको दोबिल्लास्थित हरि प्राथमिक विद्यालयका विद्यार्थीले चिसो सिरेटो सहँदै पढ्न बाध्य छन् । विद्यालय भवन पहिरोले पुरिएपछि विद्यार्थीलाई स्थानीयको अस्थायी घरमा आलोपालो गर्दै पढाउनुपरेको छ ।

हुम्लाको पैमामा उपभोक्ताले बनाए विद्यालय भवन

सिमकोट – बस्ती भएर पनि विद्यालय भवन नभएको कर्णाली करिडोरको मुख्य सडकस्थित पैमामा नयाँ भवन छोटो समयमै निर्माण गरिएको छ। स्थानीयको मागअनुसार गाउँपालिकाबाट योजना स्वीकृत भएर बजेट बिनियोजित भए पनि निकासै नलिएर उधारोमा भवन निर्माण सम्पन्न भएको हो। ताँजाकोट गाउँपालिका–४ को पैमाका स्थानीय नरवीर थापाले निर्माण सुरु गरेको दुई महिनामा विद्यालय भवन सम्पन्न भएको बताए। […]

मेलम्ची बाढी अपडेट : एक महिलाको मृत्यु, स्थानीयको बिचल्ली

सिन्धुपाल्चोक : मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी एक महिलाको मृत्यु भएको छ। हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ। मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए । बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाक