गत भदौको तेस्रो साताको बाढीसँगै खसेको पहिरोले विद्यालय भवन पुरिएपछि मोदी–६ तिलाहारको दोबिल्लास्थित हरि प्राथमिक विद्यालयका विद्यार्थीले चिसो सिरेटो सहँदै पढ्न बाध्य छन् । विद्यालय भवन पहिरोले पुरिएपछि विद्यार्थीलाई स्थानीयको अस्थायी घरमा आलोपालो गर्दै पढाउनुपरेको छ ।