सिरिसेमा विद्यालय बनेपछि बालबालिकालाई सहज

म्याङलुङ– स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो ।  विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण […]

सम्बन्धित सामग्री

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

भोजपुर– भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो । नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा […]

इलाममा दोस्रो लामो झोलुङगे पुल निर्माण भएपछि स्थानीय हर्षित

इलाम । इलामको माई नगरपालिकाको बिहिबारे र घण्टे जोड्ने झोलुङगे पुल बनेपछि स्थानीय हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे पुल निर्माणले माई नगरपालिका र दानाबारी क्षेत्रका वासीन्दाले वर्षाैंदेखि भोग्दै आएको सास्तीकाे अन्त्य भएकाे हाे । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सँगै दुई पाग्रे सवारीसाधन गुडाउन सहज भएको स्थानीयवासीले बताएका […]

जुम्लाको हाटसिंजामा एक हप्तामा बने ३ पुल, मतदान केन्द्र आउजाउ गर्न सहज

२ मंसिर, जुम्ला । कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा जाने काठेपुल निर्माण भएको छ । अविरल वर्षाले बगाएको हिमा नदीमाथिका तीन वटा पुल नेपाली सेना, प्रहरी र स्थानीयले एक हप्तामा निर्माण गरेका हुन् । पुल बनेपछि वडा कार्यालय, स्वास्थ्य चौकी, आँखा अस्पताल, पशु शाखा, कृषि शाखा, कालिका आधारभूत विद्यालय लगायतमा आउ–जाउ गर्न सहज भएको छ । कालिका […]

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

तेह्रथुम- तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ । नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक […]

गाउँमै विद्यालय बनेपछि लालीगुराँसका बालबालिका हर्षित

तेह्रथुम लालीगुराँस नगरपालिका-५ सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो। बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सहज भएको छ ।नगरपालिकाले यहाँका बालबालिकाहरूको समस्यालाई मध्यनजर गर्दै विद्यालय स्थापनामा जोड दिएको हो । विद्यालय स्थापनासँगै अत्याधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गरिने नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बत

धनसार खोलामा झोलुंगे पुल बनेपछि स्थानीय हर्षित

मंसिर २६, रौतहट । धनसार खोलामा पुल बनेपछि गुजरा नगरपालिका वडा नं. ३ सिम्रीका कृषक हर्षित भएका छन् । पुल नहुँदा यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएको थियो ।  तर, अहिले खोलमा झोलुंगे पुल निर्माण भएपछि कृषि उपज बजारीकरणमा समस्या नुहने कृषकहरु बताउँछन् । अन्न, तरकारी, फलफूल तथा अन्य बाली यस क्षेत्रमा उत्पादन हुने गरेको कृषक अन्तरे लामाले बताए ।  उत्पादित कृषि उपजलाई अन्य नजिकैको बजारसम्म लैजानका लागि झोलुंगे पुल उपयोगी भएको उनको भनाइ छ । यो पुलले गर्दा गाँउमा विस्तारै चहलपहल बढ्ने र आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए ।  सिम्रि र जंगलसहिया जोड्ने उतm झोलुंगे पुलको निर्माण भएपछि दुवै स्थानका बासीलाई आवतजावतमा सहज भएको छ । गुजरा नगरपालिकाको २७ लाख रकमबाट खोलामा झुलुंगे पुल बनेको हो । यस क्षेत्रका अधिकांश बासिन्दा कृषिमा संग्लन रहेका पुल बनेपछि उनीहरुको दैनिकीमा सहज हुने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताए ।  विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका त्यहाँका बासिन्दालाई सहज भएको उनको भनाइ छ । झोलुङे पुलको शिलन्यास तथा उद्घाटन आफैले गर्न पाँउदा खुसी लागेको छ उनले भने ।  भौगोलिक दृष्टिकोणबाट पछि रहेको सिमरी टोललाई क्रमशः विकासका योजना लैजाने उनले बताए । केही वर्ष अघि मात्र उक्त गाँउमा विद्युतीकरण भएको हो । करीब २५० घरधुरी रहेको गाँउमा एक निम्न माध्यमिक विद्यालय छ भने स्वास्थ सडक लगायतका पूर्वधार पनि पुगेको छ ।

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोटियो

म्याग्दी । म्याग्दी र बागलुङको सिमाना भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाको अब भने आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेपछि दुवै जिल्लाका बासिन्दा एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमै पुग्न सक्ने भएका हुन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि सस्पेन्शन ब्रिड डिभिजन कार्यालय ललितपुरले झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । पुल लम्बाइ २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डे लगायत गाउँका सयौं मानिस लाभान्वित भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए । साथै बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत÷जग्गा बागलुङमा डेढ–दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अव घरबाट निस्केको १५ मिनेटमौ विद्यालय पुग्ने स्थानीय अशोक घिमिरेले जानकारी दिए । गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउन दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेको भनाइ छ ।

पुल बनेपछि एक घण्टाको यात्रा १५ मिनेटमा

म्याग्दी : रघुगंगा गाउँपालिका–६ पाखापानीका दुई गाउँलाई जोड्ने पुल बनेपछि गाउँका बासिन्दा खुशी भएका छन्। पाखापानी र कोटगाउँबीच पुल निर्माण भएपछि एक घण्टाभन्दा बढी समय लाग्ने १५ मिनेटमा नै पुग्न सकिने भएको छ। पुल निर्माण भएसँगै दुई गाउँका स्थानीयलाई सहज भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। पुल नहुँदा खोलानाला, भीरपहराबाट यात्रा गरेका सर्वसाधरणहरु पुल बनेसँगै आवतजावतमा सहज भएको उनको भनाइ छ। पाखापानी गाउँमा रहेका विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन कोटगाउँ र रायखोरवासीहरुलाई पुल बनेपछि...

भेरी नदीमा पुल बनेपछि स्थानीय हर्षित

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका–४ को कालीखोला र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–३ को कारागाउबीचमा रहेको भेरी नदीमा झोलुंगे पुल निर्माण भएपछि यस क्षेत्रका वासिन्दा हर्षित भएका छन्। पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ। पुल निर्माणअघि भेरी नदीपारि रहेको विद्यालय जान जोखिम मोल्नुपरेको वनग...

मेङ्खु खोलामा पुल बन्यो, आवतजावतमा सहज

तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित मेङ्खुवा खोलामा पुल बनेपछि स्थानीय सिकिदिम र बतासे गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको छ। खोलामा बाढी आउँदा वारपार गर्न स्थानीयले सास्ती भोग्ने गरेका थिए। नवनिर्मित पुलले स्थानीय करिब २ सय घरधुरी लाभान्वित भएका छन्। बालबालिका पनि अब सहजरुपमा विद्यालय ...