अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै रहेको जिकिर गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ र सपोर्ट रहने बताए । ‘मैले मन्त्री