सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ ।
लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन ।
करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ । आर्थिक वर्ष २०७१÷७२ देखि पुलको काम शुरु गरेर आव २०७३÷७४ मा बनाई सक्नुपर्नेमा आव २०७६÷७७ सम्म पनि क...