युरोकप : इटली र स्पेनबीच भिडन्त आज, कसको सम्भावना बलियो ?

युरोपका दुई शीर्ष टोली इटली र स्पेनबीच मंगलवार राति बेलायतको वेम्ब्लीमा युरोकपको सेमीफाइनल खेल हुन लागेको छ ।  सन् २०१२ को युरोकपको फाइनलमा यी दुई टोली भिडेका थिए । त्यतिखेर स्पेन ४–० को विशाल अन्तरले आफ्नो उपाधि जोगाउन सफल भएको थियो ।  तर अहिले इटली त्यतिबेलाको जस्तो कमजोर छैन । क्वार्टरफाइनलमा बेल्जियमलाई हराएर उच्च मनोबल प्राप्त गरेको इटलीले लगातार ३२ खेलमा पराजय भोगेको छैन ।  इटलीको डिफेन्स परम्परागत रूपमै बलियो हो तर यससँगै अहिले प्रशिक्षक रोबर्तो मानचिनीले आक्रमणलाई पनि सबल बनाएक...

सम्बन्धित सामग्री

युरोकप छनोटमा इटली र डेनमार्क विजयी

२८ असोज, काठमाडौं । युरो कप २०२४ को छनोट खेलमा इटली र डेनमार्क विजयी भएका छन् । समूह सीअन्तर्गत भएको खेलमा इटलीले माल्टालाई ४-० ले पराजित गरेको हो । इटलीका लागि डोमेनिको बेरार्डीले दुई तथा जिअकोमो बोनेभेन्टुरा र डेभिड फ्रास्टेरीले एक/एक गोल गरे । जितपछि इटली पाँच खेलबाट १० अंक जोडेर समूह सी को दोस्रो […]

इंग्ल्याण्ड र इटली विजयी

१३ चैत, काठमाडौं । युरोकप २०२४ छनोट अन्तर्गत इंग्ल्याण्ड र इटली विजेयी भएका छन् । समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई २-० ले हरायो । इंग्ल्याण्डका लागि ह्यारी केनले ३७औं र बुकायो सकाले ४०औं मिनेटमा गोल गरे । समूह सी मा दुई जितपछि ६ अंक जोडेर इंगल्याण्ड शीर्ष स्थानमा छ । पहिलो […]

इङ्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले जित्यो युरोकप (फोटोफिचर)

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ । लण्डनमा सोमबार बिहान सम्पन्न खेलमा इटाली ३–२ ले विजयी भएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटको निर्णय लिइएको थियो । जसमा इजालीले बाजी मार्यो । यसअघि खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डका लुक शाले टोलीलाई अग्रता दिलाएका थिए । तर, इटली ६७ मिनेटमा खेलमा फर्किन पुग्यो । त्यसपछि पेनाल्टीमा इङ्ल्याण्ड चुक्दा नतिजा इटालीको पक्षमा गयो । इटलीले युरोकप जितेको यो दोस्रो पटक हो । ...

युरोकप फाइनल - निर्धारित समयमा १–१ को बराबरी

युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ ।  लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो । लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाले इङल्यान्डलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको खेल अहिले जारी छ । अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीको पक्षमा नतिजा नआए खेल टाइब्रेकरमा जानेछ ।

युरोकप क्वार्टरफाइनलमा चेक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्दै

१९ असार, काठमाडौं । युरोकप २०२० को क्वार्टरफाइनल चरणका दुई खेल शनिबार राति हुँदैछ । चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र युक्रेन र इंगल्याण्डबीचको खेल राति पौने १ बजे हुनेछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ । शुक्रबार रातिको खेलबाट इटली र स्पेन क्वार्टरफाइल पुगिसकेका छन् । […]

इटली सेमिफाइनलमा, बेल्जियम बाहिरियो

१९ असार काठमाडौं । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल […]

युरोकपको क्वाटरफाइनलमा बेल्जियम र इटली भिड्दै, उत्कृष्ट बन्ने होड

१८ असार, काठमाडौं । युरोकपअन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटली भिड्दैछन् । उपाधि दाबेदारसमेत मानिएका दुवै टिमको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको म्युनिख एरेनामा शुरु हुनेछ । बेल्जियम र इटली दुवैले युरोकप २०२० को छनोट चरणमा शतप्रतिशत जित हात पारेका छन् । दुवैले छनोटमा खेलेका १० वटै खेल जितेका […]

अष्ट्रियालाई अतिरिक्त समयमा हराउँदै इटली क्वाटरफाइनलमा

१३ असार,काठमाडौं । वैकल्पिक खेलाडीको गोल मद्दतमा अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । […]

युरोकपमा लगातार दोस्रो जितसहित इटली अन्तिम १६ मा प्रवेश

३ असार, काठमाडौं । इटली युरोकप-२०२० को अन्तिम १६ मा स्थान बनाउन पहिलो टिम बनेको छ । स्विट्जरल्याडलाई ३-० ले पराजित गर्दै समूह ए मा लगातार दोस्रो जित हात पारेको इटलीले एक खेल बाकी छँदै नकआउट राउण्डमा स्थान बनाएको हो । समूहए अन्तर्गत बुधबार राति  घरेल मैदानमा भएको खेलमा मानुएल लोकाटेलीले दुई गोल गरेपछि इटलीले […]

युरोकपको उद्घाटन खेलमा इटली र टर्की भिड्दै

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । […]