युरोकप फाइनल - निर्धारित समयमा १–१ को बराबरी

युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ ।  लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो । लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाले इङल्यान्डलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको खेल अहिले जारी छ । अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीको पक्षमा नतिजा नआए खेल टाइब्रेकरमा जानेछ ।

सम्बन्धित सामग्री

प्रिमियर लिग : न्युकासल र लिड्सले बराबरी खेले

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । लिड्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । निर्धारित ९० मिनेटको समयसम्म न्युकासल २–१ ले अघि थियो तर इन्जुरी समयमा  लिड्सका जुनियर फ्रिपोले गोल गरेर खेल बराबरीमा ल्याए । न्युकासल ६६ अङ्कसहित तेस्रो स्थानमा र लिड्स ३१ अङ्कसहित रेलिगेशन क्षेत्रमा रहेको छ।

मनाङ मर्स्याङ्दी र मच्छिन्द्रको बराबरी

काठमाडौँ : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दुबै टोलीले बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन्। बराबरीसँगै पछि पाँच अंक बटुलेको मनाङ लिगको पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन रहेको मच्छिन्द्रले बराबरीपछि १ अंक जोडेको छ।आजै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले पनि बराबरी

अर्जेन्टिनाविरुद्ध फ्रान्सले फर्कायो बराबरी गोल

काठमाडौँ :विश्वकप फुटबलको फाइनलमा फ्रान्सले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको ११६ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई ३- ३ को बराबरीमा पुराएको हुन् । यसअघि अतिरिक्त समयमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समय २२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

ब्राजिलविरुद्ध क्रोएसियाले फर्कायो बराबरी गोल

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्रोएसियाले बराबरी गोल फर्काएको छ । खेलको अतिरिक्त समयको अन्तयतिर क्रोएसियकाका क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

निर्धारित समय बराबरी भएपछि जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

कतार विश्वकपमा नकआउट चरणमा जापान र क्रोएसिया बिचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको छ। निर्धारित समय बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ।  जारी स‍स्करणमा पहिलो पटक कुनैपनि खेल अतिरिक्त समयमा धकेलिएको हो। विश्वकप फुटबलअन्तर्गत जारी अन्तिम १६ को खेलमा एसियन टोली जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध अग्रता बनाएको थियो। जापानका […]

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो […]

विश्व कप क्रिकेट लिग-दुई : नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो। २ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिए...

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी […]

ओमान र युएईबीच रोमान्चक बराबरी

एजेन्सी – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईबीच तेस्रो तथा अन्तिम ओडिआई खेलमा रोमान्चक बराबरी भएको छ ।२ सय १५ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । युएईलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । ओमानका लेगस्पिनर खवर अलीले २ विकेट […]

नेपाल र भारतबीचको पहिलो मत्रैपूर्ण खेल बराबरी

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् । खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो । भारतका चिन्गेलसना […]