इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने हिमालय बैंकको निर्णय

काठमाडौं । हिमालय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको छ । यी दुई बैंकहरू आपसमा मर्ज भएमा सबैभन्दा बढी लगानीको बैंक बन्ने निष्कर्षसहित हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको हो ।शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको स्रोतले रातोपाटीलाई बतायो ।दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो । राष्ट्र बैंकले नेपालमा बैंकहरुको संख्या घटाउने नीति अन्तरगत मर्जरको नीतिलाई प्रोत्साहन गर्दै आइरहेको छ ।   

सम्बन्धित सामग्री

एकजुट हुँदै अमेरिकामा नेपाली क्रिश्चियनहरु, न्युयोर्कका २ वटा नेपाली चर्च मर्ज

अमेरिकामा रहेका नेपालीभाषी क्रिश्चियनहरु एकजुट हुँदै गएका छन् । यसैक्रममा न्युयोर्कमा रहेका दुईवटा नेपाली चर्चहरु मर्ज गरेर न्युयोर्क नेपाली चर्चको स्थापना गरिएको छ । बेथेल नेपाली चर्च र न्युयोर्क नेपाली प्रेस्बेटेरियन चर्चको मर्ज गरेर न्युयोर्क नेपाली चर्च बनाइएको हो । केही बर्ष अगाडि मेरिल्याण्डमा नेपालीभाषीका चारवटा चर्चहरु मर्ज भएका थिए । यसअगाडि बेथेल नेपाली चर्च […]

विद्यार्थी नभएपछि त्रिविका ४० विभाग मर्ज गरेर स्कुल मोडलमा लगिँदै

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४० केन्द्रीय विभाग मर्ज गरेर स्कुल मोडलमा लैजाने भएको छ। विद्यार्थी संख्या थोरै भएपछि आगामी वर्षको बजेट कार्यक्रममा ती विभाग मर्ज गर्ने व्यवस्था गर्न लागिएको हो। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले मर्ज गर्ने नीति पहिलेदेखि बनाइँदै आएको र त्यहीअनुसार व्यवस्थापन गर्न लागिएको बताए। ‘विभागहरू मर्ज गरेर स्कुल मोडलमा लैजाने नीति नै हो, त्यसैले विभागहरू मर्ज गर्न लागिएको हो,’ उनले भने। उनले तत्काल कुन

आर्थिक रुपमा चलायमान हुन नसकेपछि मर्ज हुँदै निजी विद्यालय

११ असार, काठमाडौं । आर्थिक रुपमा चलायमान हुन नसकेको भन्दै निजी विद्यालयहरु मर्ज हुने क्रम बढ्दै गएको छ । कोभिडपछि भएको आर्थिक मन्दीको कारण चलायमान हुन नसक्दा मर्ज भएर सञ्चालन भइरहेको विद्यालय सञ्चालक तथा विद्यालय संगठनहरुले जानकारी दिएका छन् । एन प्याब्सनका अध्यक्ष पाण्डव हमालको अनुसार कोभिडपछि आर्थिक रुपमा चलायमान हुन नसक्दा कुनै दुई वटा […]

पहिलो पटक क्याम्पसहरू ‘मर्ज’ गर्दै त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले आपसमा समायोजन (मर्ज) गर्ने योजना कार्यान्वयन गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसहरूले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने व्यवस्था गरेको छ।जेठ ३० गते प्रकाशित सूचनाअनुसार आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिनेछ। समायोजनबापत कु

राष्ट्र बैंकको नयाँ व्यवस्था, अब वालेटहरू एक आपसमा मर्ज हुन सक्ने

डिजिटल वालेटहरू एक आपसमा मर्ज हुन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै समान प्रकृतिका संस्थाहरूसँग भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था एक आपसमा मर्ज हुन सक्ने व्यवस्था गरेको हो ।  भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू एक आपसमा गाभ्दा वाप्राप्ति गर्दा भुक्तानी प्रणाली सञ्चालक र...

धमाधम मर्ज हुँदै ठूला बैंक

मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

रोल्पा गंगादेवको स्थानीय सरकारले शैक्षिक व्यवस्थापनका लागि विद्यालय मर्ज योजना लागू गर्ने भएको छ । च्याउसरी उम्रिएका बिद्यालय केवल रोजगारका भर्तीकेन्द्र बनेको भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले विद्यार्थीको संख्या र विद्यालयको आवश्यकतालाई मध्यनजर गरी विद्यालय मर्ज कार्यक्रम ल्याएको बताए ।अध्यक्ष पुनले हाल पालिकामा रहेका विद्यालयको अनुगमन गरिरहेका छन् । उनले विद्यार्थी र शिक्षकहरूको संख्या […]

बैंक तथा वित्तीय संस्था मर्ज/एक्वीजिसन हुँदा लाभकर छली!

बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा मर्ज तथा एक्वीजिसन गर्दा लाभकर छली भएको महालेखा परीक्षक कार्यालयले जनाएको छ।

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्ज पक्का, अर्को साता सहमति हुने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्ज हुने भएको छ। दुई कम्पनीबीच अर्को साता मर्ज गर्ने सम्झौता हुने भएको छ। मर्जपछि कम्पनीको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र कम्पनीको प्रमखु कार्यकारी अधिकृत अहिलेका हिमालयन बैंकका सीईओ अशोक राणा बन्नेछन्। १/१ को बराबरी स्वाप रेसियोमा मर्ज हुने कम्पनी हिमालयन-इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

आउने साता हिमालयन र इन्भेष्टमेन्टको मर्ज सम्झौता हुने

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आगामी मंगलबार मर्ज सम्वन्धी सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ।