काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले आपसमा समायोजन (मर्ज) गर्ने योजना कार्यान्वयन गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसहरूले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने व्यवस्था गरेको छ।जेठ ३० गते प्रकाशित सूचनाअनुसार आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिनेछ। समायोजनबापत कु