इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्ज पक्का, अर्को साता सहमति हुने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्ज हुने भएको छ। दुई कम्पनीबीच अर्को साता मर्ज गर्ने सम्झौता हुने भएको छ। मर्जपछि कम्पनीको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र कम्पनीको प्रमखु कार्यकारी अधिकृत अहिलेका हिमालयन बैंकका सीईओ अशोक राणा बन्नेछन्। १/१ को बराबरी स्वाप रेसियोमा मर्ज हुने कम्पनी हिमालयन-इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।