धमाधम मर्ज हुँदै ठूला बैंक

मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको सङ्ख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल

सम्बन्धित सामग्री

अर्थतन्त्र र शेयरबजार

शेयरबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । अहिले अर्थतन्त्रमा समस्या देखिँदा शेयरबजारमा पनि समस्या देखिएको छ । तर, अर्थतन्त्रमा सुधार ल्याउने विषयले भन्दा शेयरबजार सुधार गर्ने विषयले चर्चा पाएको छ । अर्थतन्त्रमा सुधार आउने हो भने शेयरबजार आपैm उकालो लाग्छ । सूचीकृत कम्पनीहरूको नाफा बढ्नेबित्तिकै शेयरधनीले पाउने लाभांश पनि बढ्छ । त्यसो भएपछि शेयरबजार माथि जान्छ । यति सामान्य कुरा सबैलाई थाहा भएकै हो । तर पनि लगानीकर्ताहरूले अर्थमन्त्रीलाई भेटेर शेयरबजारको समस्या समाधान गर्न आग्रह गरिरहेका छन् । शेयरबजारको आधारभूत पक्षमा निकै सुधार आइसकेको छ । अनलाइन कारोबार राम्ररी चलिरहेको छ । विगतमा जस्तो सर्भर डाउन हुने समस्या पनि अहिले खासै सुनिएको छैन । टीएमएसले पनि राम्ररी काम गरिरहेकै छ । त्यसैले अब शेयर दलाल थप्ने, अर्को एक्सचेन्ज ल्याउनेजस्ता कुराले केही फरक पार्ला तर ठूलो फरक पार्ने सम्भावना भने कमै छ ।  वास्तवमा अहिले मानिसको हातमा पैसा कम छ । भएको पैसा पनि शेयरबजारमा लगानी गर्न मन छैन किनभने तिनले दिने प्रतिफल निकै कम छ । राम्रो प्रतिफल दिने बैंक तथा वित्त कम्पनीहरूको मुनाफा निकै घटेको छ । राष्ट्र बैंकले सिनर्जी प्रभाव ल्याउने भन्दै बैंकहरूलाई मर्जरमा जान बाध्य पार्‍यो । अर्थात् बिग मर्जरका नाममा ठूला बैंक र साना बैंक मर्ज भए । त्यसले तिनको वासलातमा समस्या ल्यायो । कुनै बेला १ सय प्रतिशत लाभांश दिएको बैंकको अहिले प्रतिशेयर आम्दानी २५–३० रुपैयाँ मात्रै छ । सबै बैंकहरूको मुनाफा निकै घटेको छ । १० प्रतिशत पनि लाभांश दिन धेरै बैंकलाई गाह्रो छ । बैंकको आकार निकै ठूलो छ । बैंक ठूलो हुँदैमा शेयरधनीलाई लाभ हुने होइन । चुक्ता पूँजीका आधारमा नेपालका बैंक भारतका बैंकभन्दा ठूला बनिसकेका छन् । तर, तिनको मुनाफा निकै घटेको छ । अझ विडम्बना के छ भने बैंकले अर्बौं कमाए, टाइसुट लगाउने अपराधी भनेर बैंकरहरूलाई सराप्न थालिएको छ । त्यसैले कतिबेला कुन बैंक टाट पल्टने हो भन्न नसक्ने अवस्था छ । उनीहरूले घरजग्गा धितोमा कर्जा प्रवाह गरेकाले सुरक्षित छन् भनेर राष्ट्र बैंकले दाबी गरिरहेको छ । निक्षेपमा ब्याजदर घट्दै गएको छ । अब मुद्रास्फीतिभन्दा ब्याजदर सस्तो भयो भने किन बैंकमा पैसा राखेर आफ्नो पैसाको मूल्य घटाउने ? बरु खर्च गरेर सकौं भन्ने भावना निक्षेपकर्तामा आउन सक्छ । त्यसो भयो र सबै निक्षेपकर्ताले धमाधम बैंकबाट पैसा निकाल्न थाले भने बैंकहरू कसरी सुरक्षित रहलान् ?  बैंकलाई च्यापेर अन्यलाई माया गर्न थालियो भने बैंकहरू सुस्ताउन थाल्छन् । यसो हुँदा वित्तीय सेवा प्रभावित हुन्छ । बजारमा पैसाको अभाव हुन थाल्छ । बैंकले कर्जा दिन नसक्ने अवस्था पनि आउँछ । अनि अहिले बलजफ्ती ब्याजदर घटाउँदा अर्थतन्त्रलाई फाइदा हुन्छ कि बेफाइदा ? नीति निर्माताले यो पक्षमा ध्यान पुर्‍याएको खै ? अर्थतन्त्रमा समस्या आउनुका कारण सस्तो पैसा हो भन्ने धेरै अर्थशास्त्रीहरूको विश्लेषण छ । सरकार अहिले व्यवसायीलाई खुशी पार्न पैसा सस्तो बनाउने अभियानमा लागेको छ । यस्तोमा अर्थतन्त्र झनै समस्यामा फस्न सक्छ । अनि लगानीकर्ता कसरी शेयरबजारमा आउँछन् ?  मनीष तिवारी, बालाजु, काठमाडौं ।

धमाधम मर्ज हुँदै वाणिज्य बैंक

काठमाडौं । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको संख्या […]

धमाधम मर्ज हुँदै वाणिज्य बैंक

काठमाडौं, पुस २५ । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य […]

धमाधम मर्ज हुँदै वाणिज्य बैंक

काठमाडौं । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको संख्या […] The post धमाधम मर्ज हुँदै वाणिज्य बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ । बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ।हिजो बुधबार नै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले एकआपसमा मर्जमा जाने सम्झौता गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । यी दुई कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो ।  उक्त सहमति पत्रमा  सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीले मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ।

सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स मर्ज हुने

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड मर्ज हुने भएका छन्। २ कम्पनी बीच आज बिहान मर्जर सम्बन्धि सम्झौता भएको हो ।  समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन्। दुवै कम्पनी मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

पुँजी पु-याउन लघुवित्तहरू मर्जरमा

पुँजी वृद्धिका लागि हकप्रद सेयर निस्कासनको अनुमति नपाएपछि लघुवित्त संस्थाहरू धमाधम मर्जरमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्रिय तथा प्रादेशिकस्तरमा सञ्चालनका लागि निर्धारण गरेको पुँजी पु-याउनका लागि लघुवित्त कम्पनीबीच मर्ज गर्ने लहर चलेको छ । हालसम्म एक दर्जनभन्दा बढी लघुवित्त संस्थाले मर्जर प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेका छन् । ९ वटा संस्थाले मर्जरका लागि र ४ वटा संस्थाले एक्विजिसनको अनुमति लिएर प्रक्रिया अघि बढाएका छन् ।

स्वेच्छिक मर्जरको बाटोमा लघुवित्त, कालिका र जनसेवीले पनि गरे मर्जर सम्झौता

६ जेठ, काठमाडौं । संख्या धेरै भएको चर्चा भइरहँदा पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्ज हुन थालेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त …