काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४० केन्द्रीय विभाग मर्ज गरेर स्कुल मोडलमा लैजाने भएको छ। विद्यार्थी संख्या थोरै भएपछि आगामी वर्षको बजेट कार्यक्रममा ती विभाग मर्ज गर्ने व्यवस्था गर्न लागिएको हो। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले मर्ज गर्ने नीति पहिलेदेखि बनाइँदै आएको र त्यहीअनुसार व्यवस्थापन गर्न लागिएको बताए। ‘विभागहरू मर्ज गरेर स्कुल मोडलमा लैजाने नीति नै हो, त्यसैले विभागहरू मर्ज गर्न लागिएको हो,’ उनले भने। उनले तत्काल कुन