नेकपा एमालेले आफ्नो दसौँ राष्ट्रिय महाधिवेशनमा विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।यस्तै, नेपालका प्रमुख राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । तर, एमालेबाट विद्रोह गरेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई नबोलाउने उनले स्पष्ट पारे । चितवनमा हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने बताउँदै […]