काठमाडौं : इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना