इजरायल रोजगारी : लोकसेवाको विधि अनुसार लिखित र मौखिक परीक्षा हुने

काठमाण्डौ – इजरायलमा सहायक कामदारका लागि आवेदन दिएकाहरूको लिखित र मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार सञ्चालन हुने भएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गरिने जनाएको हो ।  इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने पनि मन्त्रालयले प्रस्ट पारेको छ । इजरायलमा सहायक कामदारका लागि एक हजार जन...