इजरायल रोजगारी : सकियो आवेदन दिने म्याद, कहिले हुन्छ परीक्षा ?

काठमाडाै‌ं :  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि मागेको आवेदनको म्याद सकिएको छ। १२ साउनमा खोलिएको आवेदनको म्याद सोमबार सकिएको हो। तोकिएको समयमा ९ हजार ६ सय ९९ आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।इजरायलले पहिलो चरणमा १ हजार कामदार मागेको छ। उनका अनुसार मागेभन्दा ९ गुणा बढी

सम्बन्धित सामग्री

इजरायल रोजगारी :  भदौ २८ गते परीक्षा

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थ

इजरायल रोजगारी : लोकसेवाको विधि अनुसार लिखित र मौखिक परीक्षा हुने

काठमाण्डौ – इजरायलमा सहायक कामदारका लागि आवेदन दिएकाहरूको लिखित र मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार सञ्चालन हुने भएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गरिने जनाएको हो ।  इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने पनि मन्त्रालयले प्रस्ट पारेको छ । इजरायलमा सहायक कामदारका लागि एक हजार जन...

इजरायलमा रोजगारीको नाममा ठगी धन्दा सुरु

काठमाडौं, साउन २२। करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। इजरायलमा एक हजारलाई रोजगारी खुलेको एक हप्तामै विभिन्न प्रलोभन देखाएर हुने ठगी धन्दासमेत सुरु भएको छ । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि ठगी धन्दा सुरु भएको प्रष्ट भएको छ । आवेदन […]