काठमाडौं, साउन ३ । लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिए। […]