सेबोन र नेप्से नेतृत्वका चुनौती

पुँजीबजारले पुँजी परिचालनका साथै अर्थतन्त्रको ऐनाको पनि काम गर्छ । दक्षिण एसियामा पाँचौँ स्थानमा रहेको नेपालको पुँजीबजारलाई थप बजारमैत्री, स्वस्थ र अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ लाग्नुपर्छ । नेतृत्वबाट सुशासन कायम नहुँदा र नियामक निकाय...

सम्बन्धित सामग्री

नेप्से–३० इन्डेक्स साउनभित्रै सञ्चालनमा ल्याउने तयारीमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउनभित्रै नेप्से–३० इन्डेक्स सञ्चालन गर्ने तयारी गरेको छ ।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्से–३० सञ्चालनसम्बन्धी कार्यविधि नेप्से सञ्चालक समितिले अनुमोदन गरी त्यसबारे परामर्श लिन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाइसकेकाे छ । त्यसमा कैफियत नदेखिएमा साउन मसान्तभित्रै नेप्से-३० इन्डेक्स सञ्चालनमा आउने उनले बताए ।     नेप्सेको असार २० गते बसेको सञ्चालक समिति बैठकले ’नेप्से ३० इन्डेक्स’ को आन्तरिक परीक्षणको लागि स्वीकृति दिएको थियो । सोहीबमोजिम अहिले आन्तरिक परीक्षण भइरहेको छ । नेप्सेले यो इन्डेक्समा कारोबार गर्न मिल्ने ३० ओटा कम्पनी छनोट गरेर आन्तरिक परीक्षण चलिरहेको बताएको छ । नेप्सेले कार्यविधि अनुसार एउटा सेक्टरबाट बढी ८ ओटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनोट गरेको छ ।

सेबोन-नेप्से द्वन्द्व: बुक बिल्डिङ अलपत्र, आरोप प्रत्यारोप गरेर उम्किने प्रयास

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालकै लागि नौलो प्रयोग 'बुक बिल्डिङ' लाई अलपत्र पार्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई

पूँजीबजारबारे छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पूँजी बजारबारे छलफल कार्यक्रम आयोजना गरेका छन् । पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् ।छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पनि अर्थमन्त्री शर्माले मन्त्रालयमा डाकेका छन् । पूँजी निर्माण कसरी गर्ने, लगा

नेप्से र धितोपत्रको प्रमुख नियुक्तिमा स्वार्थसमूह हावी, सत्ताधारीले छुट्याए कोटा

पाँचदलीय गठबन्धनको वर्तमान सरकारले नीतिगत भ्रष्टाचार बढाउने गरी पुँजीबजार र वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुखहरु नियुक्त गर्न लागेको छ । यसका निम्ति दलहरूले यी संस्थामा हुने नियुक्ति नै दलीय कोटामा पर्ने गरी भागबण्डा गरिसकेका छन् । सरकारले अहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रकृया अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाटै नियुक्ति अघि बढाएको देखिए पनि यी दुई संवेदनशील संस्थाको नेतृत्व

सेबोन र नेप्सेसँग अर्थ मन्त्रालयले माग्यो स्पष्टीकरण

भित्री कारोबारमार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदसँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

सेबोनको हस्तक्षेपले नेप्सेले तथ्यांक बेच्न पाएन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हस्तक्षेप गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथ्यांक उपयोग (बिक्री) सम्बन्धी कार्यविधि लागू गर्नबाट पछि हटेको छ । तथ्यांक प्रयोगकर्ताबाट मनपरी शुल्क उठाउन लागेको भन्दै सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले कार्यविधि लागू गर्न नसकेको हो । योसँगै तत्कालका लागि सेवाग्राहीले नेप्सेको तथ्यांक उपयोगबापतको शुल्क तिर्नु नपर्ने भएको छ ।नेप्सेले यही पुस १० मा सूचना जारी गरी ‘नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ लागू भएको जानकारी गराएको थियो । कार्यविधिमा नेप्सेको तथ्यांक उपयोग/प्र...