धितोपत्र बजारको अनैतिक सेयर कारोबारको लफडा जारी छ । धितोपत्र बजारमै पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको ६० लाख कित्ता बराबरको सेयर निष्कासन पूर्व नै नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) का वरिष्ठ उपाध्यक्षसमेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकाल नै अनैतिक कारोबारको मुद्दामा मुछिएपछि सेयर बजारमा एक खालको तरङ्ग नै मच