विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्