झापाको गौरादह नगरपालिका स्थायी घर भइ अहिले काठमाण्डौको घट्टेकुलो बस्दै आउनु भएकी गीता कार्की पेसाले व्यवसायी हुनुहुन्छ । बागबजारमा किताब पसल चलाउँदै आउनु भएकी कार्की फोहरले आफू दोहोरो मारमा परेको बताउनुहुन्छ । कार्की भन्नुहुन्छ, ‘घरको फोहर फाल्न नपाएर हैरान छ । यता पसलमा आयो अरुले बाटोमा फालेको फोहरको दुर्गन्ध सुँघेर बस्नुपर्छ ।’
काठमाण्डौ महानगरले फोहर विसर्जन गर्दै आएको बञ्चरेडाँडा जाने बाटो बिग्रेर फोहर ७ दिन नउठ्ने सूचना जारी गरेको अर्को ७ दिन बितिसक्दा पनि फोहर भने उठेको छैन । महानगरको ...