सुर्खेत : जिल्ला सदरमुकाममै फोन गर्न रुख चढ्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर मुगुको सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बासिन्दा फोन गर्न मोबाइल लिएर अग्ला रुख चढ्छन्।स्थानीय राजेन्द्र बुढाका अनुसार फोनमा कुरा गर्न दैनिक अग्ला रुख नै चढ्नपर्ने बाध्यता छ। ‘सदरमुकामभित्रका गाउँमा यस्तो हाल छ भने गाउँमा के अवस्था होला?’, उनले प्रश्न गरे। मुगुमा चारवटा स्थानीय तह रहेको छ। अधिकांश ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा सर्वसाधारण हैरान छन्।न