काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्दो छ । यो वर्ष उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । हिमाली जिल्लाको न्यूनतम तापक्रम माइनसमै झरिसकेको अवस्था छ । हिमाली जिल्लाका बासिन्दा पानी जमेर हैरान छन् ।
जब जाडो बढ्छ, यसपछि शरीरले तातो खोज्छ । कोठा बस्दा, सुत्दा वा नुहाउँदा, जाडोमा तातो खोजी तीव्र हुन्छ । कोठामा बस्दा वा सुत्दा, कोठा तताउन विभिन्न उपाय खोजिन्छन् । कसैले कोठाभित्रै दाउरा बाल्छन्, कोहीले हिटर । नुहाउँदासमेत पानी तातो होस् भनेर गिजर चलाउँछौं । तर, सावधानी अपनाएनौं भने उल्लेखित केही घटना नै क...