दमदाला गाउँभरि ज्वरोका बिरामी, स्थानीय तह बेखबर

जाजरकोट : कुशे गाउँपालिका–५ दमदालाका अधिकांश बासिन्दा एक सातादेखि बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षण देखिने बिरामीको संख्या बढिरहेको छ।गाउँभरि ज्वरो र रुघाखोकीका बिरामी भएको स्थानीय भगवती चन्दले जानकारी दिइन्। उनका अनुसार दमदालामा मात्र ८० घरधुरी रहेकामा सबैलाई ज्वरो, रुघाखोकीले समस्याले हैरान बनाएको छ। कोरोना भाइरसको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको चन्दले बताइन्। ‘सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन,’ उनले भनिन