चैत १३, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले शनिवार एक सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको छ ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंककोएकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।