असार २०, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । अव यो शेयर सोमवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ९ दशमलव १९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
साताको पहिलो दिन आइतवार कम्पनीको शेयर मूल्य रू.१ हजार ६५३ कायम भएको छ । यो मूल्य अघिल्लो का्रोबार दिनको तुनलामा १३ रुपैयाँले घटेको हो ।