६५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै मिर्मिरे लघुवित्त

जेठ ११, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ लाख कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।  कम्पनीले यस अघि चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो ।  उक्त अवधिमा विक्री हुन नसकेको ६५ हजार कित्ता संस्थापक शेयर भने बाहिरी व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको कम्पनीले बताएको छ ।  इच्छुक खरीदकर्ताहरूले कम्पनीको केन्द्रीय कार्यालय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नु पर्नेछ । 

सम्बन्धित सामग्री

मर्जरपश्चात कायम नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सूचीकृत

मर्जरपश्चात कायम नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सूचीकृत

मर्जरपश्चात कायम नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सूचीकृत

मर्जरपश्चात कायम नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर सूचीकृत

इम्पेयरमेन्ट चार्ज बढेसँगै मिर्मिरे लघुवित्त नोक्सानीमा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ९९ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. २ करोड ८२ लाख नाफामा थियो । चालू आवमा कम्पनीको इम्येयरमेन्ट चार्ज बढेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २७ लाख ५ हजार रहेकोमा चालू आवमा बढेर रू. २ करोड ३२ लाख पुगेको छ ।  कम्पनीको सञ्चालन नाफा रू. ५ करोड ७० लाख ऋणात्मक छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ७० दशमलव ८५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १२ करोड ६१ लाख रहेकोमा चालू आवमा घटेर रू. ३ करोड ७१ लाखमा झरेको हो ।  कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४७ पैसा ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा थियो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव ४७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशमलव ६७ प्रतिशत पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ६५ करोड ३३ लाख छ । चालू आवमा कम्पनीले जगेडामा रू. ३४ करोड ९७ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. २ करोड ४७ लाख ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी १४९ रुपैयाँ ७५ पैसा र तरलता अनुपात १३ दशमलव ७५ प्रतिशत छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

नेरूडे र मिर्मिरे लघुवित्त मर्ज हुँदै

काठमाडौं । नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष २०८० सालको वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएको छन् । यी दुई कम्पनीले गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको र विशेष साधारण सभामार्फत् मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मोरङ्ग […]

नेरुडे र मिर्मिरे लघुुवित्त मर्जरका लागि प्रारम्भिक समझदारी

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने–गाभिने (मर्जर हुने) भएका छन् । दुई संस्थाले मर्जर सम्बन्धमा...

मिर्मिरे र नेरुडे लघुवित्त बराबरी हैसियतमा मर्जरमा जाने

१२ पुस काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ […]

मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने

काठमाडौँ – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (गाभ्ने) गर्ने भएको छ। दुवै कम्पनीको गाभ्ने-गाभिने प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछ। दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वयारपछि कायम पुँजीका आधारमा प्रिमियममा एफपीओ निष्कासन गर्ने लगायतका एजेन्डा राखेका छन्। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली […]

६५ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै मिर्मिरे लघुवित्त

चैत १३, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले शनिवार एक सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको छ ।  उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।  तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंककोएकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।

मिर्मिरे लघुवित्त सहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

पुुस १६, काठमाडौं । ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार (पुस १८ गते) सम्म रहेको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएकाले आइतवार (पुस १८ गते) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे साधारण सभा गर्ने जानकारी दिएको छ ।  त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएसँगै पुस १८ गते (आइतवार) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ, धुनषामा बिहान ११ बजे साधारण सभा गर्ने भएको छ ।  त्यस्तै, प्रोगेशिभ फाइनान्स कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेसँगै आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्ने भएको छ ।  त्यसैगरी, सेञ्चुरी कमर्सियल बैंकले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेसँगै पुस १८ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । कालिका पावर कम्पनीले पनि साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १८ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१० चितवनमा साधारण सभा बोलाएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

असार २०, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीले ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । अव यो शेयर सोमवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ९ दशमलव १९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।  साताको पहिलो दिन आइतवार कम्पनीको शेयर मूल्य रू.१ हजार ६५३ कायम भएको छ । यो मूल्य अघिल्लो का्रोबार दिनको तुनलामा १३ रुपैयाँले घटेको हो ।