काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतवार एक कार्यक्रमका बीच लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्र अनुसार शेयर दाखिला खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरण लगायत शेयर रजिष्टे्रशन सम्बन्धी सम्पूर्ण काम मर्चेण्टले गर्ने बताइएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई गत फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते अर्थात् बुधवारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
यी दुई कम्पनीले एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । यी दुई कम्पनी १ः१ शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन् ।
गत वैशाख १० गते सम्पन्न यी दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेका थिए । मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई कम्पनीलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । कात्तिक ३ गतेको पत्रमार्फत राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको जनाएको छ ।
यी दुवै कम्पनीबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । दुवै कम्पनीको गत वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर दुवै कम्पनीले एकीकृत कारोबार शुरु गर्नेछन् ।
यी दुवै कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहनेछ ।