काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड ९९ लाख नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. २ करोड ८२ लाख नाफामा थियो ।
चालू आवमा कम्पनीको इम्येयरमेन्ट चार्ज बढेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २७ लाख ५ हजार रहेकोमा चालू आवमा बढेर रू. २ करोड ३२ लाख पुगेको छ ।
कम्पनीको सञ्चालन नाफा रू. ५ करोड ७० लाख ऋणात्मक छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ७० दशमलव ८५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १२ करोड ६१ लाख रहेकोमा चालू आवमा घटेर रू. ३ करोड ७१ लाखमा झरेको हो ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४७ पैसा ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा थियो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव ४७ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६ दशमलव ६७ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ६५ करोड ३३ लाख छ । चालू आवमा कम्पनीले जगेडामा रू. ३४ करोड ९७ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. २ करोड ४७ लाख ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी १४९ रुपैयाँ ७५ पैसा र तरलता अनुपात १३ दशमलव ७५ प्रतिशत छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्