पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस र एकमा माओवादी केन्द्र

काठमाडाैँ – पाल्पाको १० पालिकामध्ये प्रमुख पदमा ६ पालिकामा नेकपा (एमाले) विजयी भएको छ । तीन पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।  निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रम्भा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र तिनाउँमा अध्यक्ष पदमा एमाले निर्वाचित भएको छ । निस्दी र पूर्व...

सम्बन्धित सामग्री

गण्डकीमा गठबन्धनको आडले कांग्रेस ठूलो दल, खुम्चियो माओवादी

कांग्रेस पहिलो शक्ति बन्ने पक्का भएको छ । अबको संसदमा नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हुने छन् । २०७४ सालमा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो शक्ति थिए ।

दोलखामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

चरिकोट– दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो  हुन पुगेको छ ।  दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणामअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ । त्यसैगरी दुई पालिकाका प्रमुख, पाँच उपप्रमुख र २३ […]

रोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएको हो । लामाले सात हजार ५३४ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ […]

नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

काभ्रे : नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन्। नगरपालिकाको मेयरमा कांग्रेसका कुन्साङ लामा र उपमेयरमा माओवादी केन्द्रका रत्न बहादुर लामा विजय भएका हुन्।कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत ल्याई नगरप्रमुख निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमाले काभ्रेका सचिव समेत रहेका राजन भूर्तेलले ५ हजार ८२२ मत पाए।लामाले दोब्बर अर्थात् ५ हजार ३८९ बढी मतले एमालेका भूर्तेललाई पराजित गरेका हुन्।त्यस्तै माओवादी केन्द्रका रत्न बहादुर लामाले १ हजार

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस, एमाले र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।  माओवादी केन्द्रका अध्यक्षमा उम्मेदवार नारासिँह रोकाय ७७० मत...

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति

काठमाडौं । नेपाल कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आधारभूत सहमति जुटेको छ । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तीन दलबीच सत्ता समीकरणको सहमति जुटेको हो । तीन दलबीच लामो छलफलपछि मंगलबार निष्कर्षमा पुगेको नेता सिटौलाले बताउनुभयो । सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। संसदमा कांग्रेसको ६३ (दुई निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन् । नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ । नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन् । अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको एक सांसदले बताए । सर्वोच्चको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि सत्ता समीकरणको सहति जुटेको छ । एमालेको पुनर्वहाली भएपनि माधव–झलनाथ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन् । नेपाल पक्षको आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।