दलहरूलाई उपनिर्वाचनको चटारो : एमाले–एकीकृत समाजवादीले छाने उम्मेदवार, कांग्रेस र माओवादी केन्द्र छलफलमै !

काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ–१ (१) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन आउन एक महीना बाँकी रहँदा देशका मुख्य राजनीतिक दलहरूलाई भने चुनावी चटारो छ । उपचुनाव नजिकिँदा केही दलले उम्मेदवारको नाम टु‌ंग्याएका छन् भने केही यसका लागि छलफलमै छन् । सत्तारुढ प्रमुख दल नेकपा एमालेले इलाम–२ क्षेत्रका लागि उम्मेदवार तोकिसकेको छ । उसले स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उक्त क्षेत्रका लागि उम्मेदवार बनाएको छ । एमालेले बझाङ प्रदेशसभा सिटका लागि भने उम्मेदवार तोकिसकेको छैन ।  प्रमुख प्रतिपक्षी एवं संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने उम्मेदवार टुंग्याउन छलफलमै छ । इलाम–२ को उम्मेदवार छान्न कांग्रेसको कोशी प्रदेश समिति र बझाङ–१ (१) को उम्मेदवार छान्न सुदूरपश्चिम प्रदेश समितिले आकांक्षीको नाम केन्द्रमा पठाइसकेका छन् ।  कांग्रेसको कोशी प्रदेश समितिले इलाम–२ को उम्मेदवारका लागि ७ जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस पठाएको छ, जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ छन् ।  यस्तै, कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले बझाङ–१(१) को उम्मेदवारका लागि गत आइतवार १० जनाको नाम केन्द्रमा पठाइसकेको जनाएको छ, जसमासत्यराज भण्डारी, शान्ति कुमारी बोहरा (पुजारा), जगतप्रसाद जोशी, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा छन् । कांग्रेसको बझाङ जिल्ला समितिले उक्त क्षेत्रमा उम्मेदवार छान्नका लागि यिनै १० जनाको नाम प्रदेश समितिमा पठाएको थियो ।  बझाङ प्रदेशसभामा उम्मेदवार छान्नका लागि जिल्ला समितिले पठाएकै नाममा रायसुझावसहित केन्द्रमा सिफारिस गरि पठाइएको प्रदेश समितिका प्रवक्ता सुरत रावत ‘डोटेली कान्छा’ले बताए । कांग्रेसले चैत २० गतेसम्म दुवै क्षेत्रका उम्मेदवार तय गरिसक्ने बताइएको छ ।  सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार तय गरिसकेको छैन । माओवादी केन्द्रले इलाम जिल्ला कमिटीले भने इलाम–२ को उम्मेदवार लागि भने चार जनाको नाम केन्द्रमा सिफारिस गरेको बताइएको छ, जसमा केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ छन् ।  सत्ताको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने दुवै सिटका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राईलाई र बझाङ–१(१) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही चैत १७ गते उम्मेदवार घोषणा गर्दैछ ।  यो उपनिर्वाचनमा सत्तारुढ दलहरूले छुट्टाछुट्टै लड्ने तयारी गरेकाले उपचुनाव रोचक हुने आँकलन गरिएको छ । यद्यपि उपनिर्वाचनमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने विश्लेषकहरू बताउँछन् ।    उक्त उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचन आयोगले उक्त उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।  यसअघिको निर्वाचनमा इलाम–२ बाट एमालेका सुवास नेम्वाङ र बझाङ–१ (१) बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । यी दुवै निर्वाचित उम्मेदवारको निधन भएपछि दुइटै क्षेत्र रिक्त छन् । नेम्वाङको गत भदौ २६ गते र सिंहको गत असार ५ गते निधन भएको थियो । 

सम्बन्धित सामग्री

माओवादी केन्द्र र समाजवादी पार्टी एक हुँदै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव …

माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी

विराटनगर । इटहरी उपमहानगरपालिकाका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौँ पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । चौधरीले […]

माओवादी केन्द्र कांग्रेसको पुच्छर : बादल

२५ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आइतबार नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे । माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका नेता थापाले माओवादी केन्द्रका अध्यक्ष […]

माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा

जनकपुरधाम – नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ। शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनअन्तर्गत शनिबार उद्घाटन सत्र हुने जानकारी दिएको हो। उद्घाटन सत्रको लागि तयारी तीव्र पारिएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले बताए। उनले उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन […]

प्रकाश रोकायाद्धारा माओवादी केन्द्र परित्याग

नेकपा (माओवादी केन्द्र)का तत्कालीन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन्।

सरकारले छिट्टै पूर्णता पाउँछ : माओवादी केन्द्र

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र )ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ ।  नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने...

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्र पार्टीविरुद्ध उजुरी दिन नेताहरु निर्वाचन आयोगमा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा लागेका नेताहरु निर्वाचन आयोग पुगेका छन्। माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै उजुरीका लागि उनीहरु अयोग पुगेका हुन्। माओवादी केन्द्र छाडेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरु आयोग पुगेका हुन्।