काभ्रे : नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन्। नगरपालिकाको मेयरमा कांग्रेसका कुन्साङ लामा र उपमेयरमा माओवादी केन्द्रका रत्न बहादुर लामा विजय भएका हुन्।कांग्रेसका कुन्साङ लामाले ११ हजार २११ मत ल्याई नगरप्रमुख निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमाले काभ्रेका सचिव समेत रहेका राजन भूर्तेलले ५ हजार ८२२ मत पाए।लामाले दोब्बर अर्थात् ५ हजार ३८९ बढी मतले एमालेका भूर्तेललाई पराजित गरेका हुन्।त्यस्तै माओवादी केन्द्रका रत्न बहादुर लामाले १ हजार