महाकालीकाे बाढीमा फसेका ५ जनाको १५ घण्टापछि उद्धार

काठमाडौं : कञ्चनपुरस्थित महाकाली नदीको टापुमा फसेका पाँच जनाको १५ घण्टापछि उद्धार गरिएको छ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा सोमबार रातिदेखि फसेका एकै परिवारका पाँचको हेलिकप्टरबाट उद्धार गरिएको हो। नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले सबैको एक÷एक गरेर उद्धार गरिएको जानकारी दिए।महाकालीमा बाढी बढेपछि टापुमा फसेका उनीहरूले रुखमा चढेर ज्यान जोगाएका

सम्बन्धित सामग्री

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । सोमबार राति बाढीमा फसेको खबर आएपछि उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पठाइएको प्रहरी जनाएको छ । उनीहरु नदी किनार क्षेत्रमै बस्दै […]

राप्ती नदीमा फसेका चार जनाको उद्धार

बाँके – बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।  हिजाे सोमवार बेलुकी नदीपारि वनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का चार जना स्थानीयवासीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आज उद्धार गरेको हाे । उनीहरू रातभरि नदीपारि फसेका थिए ।   उद्धार गरिएकाहरूमा ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी नायब निरीक्षक (सई) गोपाल शर्माले जानकारी दिनुभयो ।  अन्य तीन जना भने हिजाे नै न...

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द

सुनसरी– सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए । यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका […]

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका […]

राप्तीको बाढीमा फसेका ४ जनाको उद्धार

बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जना सर्वसाधारणको मंगलबार बिहान सकुशल उद्दार गरिएको छ।

महाकाली नदीको बीचमा फसेका तीनको उद्धार

महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र  भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ । भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । नेपाल तर्फबाट

बाढीमा फसेका ११ जना बालबालिकाको उद्धार

कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।...

सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ। सिनो हाइड्रो परियोजनामा कार्यरत रहेका नेपाली, चिनियाँ र भारतीय नागरिकसहित एकै स्थानबाट कुल ३७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको उनले बताए। ‘अहिलेसम्म ७ जना बेपत्ता भएको कुरा आएको छ, त्यसमध्ये पनि बाढीले नै बगाएर बेपत्ता भएको हो वा आफन्तकोमा गएकाले स...

महाकाली नदीको बाढीमा फसेका १० मजदुरको उद्धार

कञ्चनपुर : भीमदत्त नगरपालिका–१२ ओदाली नजिक महाकाली नदीको बाढीमा फसेका १० जना मजदुरको प्रहरीले आज उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार बाढीका कारण फसेका मजदुरलाई सकुशल उद्धार गरी शुरक्षित स्थानमा पुर्‍याइएको छ।नदीमा आएको बाढीका कारण मजदुर फसेको जानकारी पाउना साथ प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा विपद व्यवस्थापन गुल्म महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली र नेपाली सेनाको टोली