सिन्धुपाल्चोकमा बाढीमा फसेका ६० जनाको उद्धार, एक शव भेटियो, ७ जना बेपत्ता

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा फसेका ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार आज २ बजेसम्म कुल ६० जनालाई उद्धार गरिएको छ। सिनो हाइड्रो परियोजनामा कार्यरत रहेका नेपाली, चिनियाँ र भारतीय नागरिकसहित एकै स्थानबाट कुल ३७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पुर्‍याइएको उनले बताए। ‘अहिलेसम्म ७ जना बेपत्ता भएको कुरा आएको छ, त्यसमध्ये पनि बाढीले नै बगाएर बेपत्ता भएको हो वा आफन्तकोमा गएकाले स...