कञ्चनपुर : भीमदत्त नगरपालिका–१२ ओदाली नजिक महाकाली नदीको बाढीमा फसेका १० जना मजदुरको प्रहरीले आज उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार बाढीका कारण फसेका मजदुरलाई सकुशल उद्धार गरी शुरक्षित स्थानमा पुर्याइएको छ।नदीमा आएको बाढीका कारण मजदुर फसेको जानकारी पाउना साथ प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा विपद व्यवस्थापन गुल्म महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली र नेपाली सेनाको टोली