भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न आएका भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गर्ने महानगरको निर्णयलाई स्वीकार गरि हिँडेर वसन्तपुर पुग्ने भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौं, असार २४ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिए। उहाँका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि […]

महानगरको निर्देशनपछि १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं : काठमाडौं महानगरपालिकाको निर्देशनपछि संस्थागत विद्यालयका १३ हजार विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्। महानगरपालिकाका प्रमुख बालेन साहको निर्देशनपछि ४६५ वटा विद्यालयले छात्रवृत्ति दिएका कारण १३ हजार विद्यार्थीहरूले विभिन्न किसिमको छात्रवृत्ति पाएको बताएका हुन्।  उनका अनुसार महानगरपालिकाभित्र ५०४ निजी विद्यालय छन्। तर,४६५ वटाले मात्रै छात्रवृत्ति विवरण बुझाएका छन्। प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने प्रमुख साहले फेसबुकमार्फत जानकारी दिएका छन्। महानगर प

बहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई बालेनको आग्रह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन )ले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै …

वित्त आयोगलाई बालेनको पत्र : संस्थागत घरबहाल कर फिर्ता दिलाइदिनु

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घर बहाल कर संघीय सरकार अन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेको भन्दै फिर्ता पाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेखी बालेनले संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखे पनि व्यक्तिगत घर बहाल कर महानगरले उठाइरहेको […]

२५ जिल्लाका विद्यार्थी भएका विद्यालयले मात्र नेशनल शब्द जोड्न पाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका कुनै पनि निजी विद्यालयहरूले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था गरेको छ।महानगरपालिकाका प्रमुख बालेन साहले  विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरूपता ल्याउन खोजेको बताए। उनका अनुसार कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्

छात्रवृत्ति उपलब्ध गराउन विद्यालयलाई नगरप्रमुख बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।महानगरपालिकाका नगरप्रमुख बालेन शाहले छात्रवृत्ति उपलब्ध गराउन विद्यालयहरूलाई निर्देशन दिएका हुन्।  ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधानअनुसार निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्तिअन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र

निजी विद्यालयलाई मेयर बालेनको आग्रह : छात्रवृत्ति अनिवार्य उपलब्ध गराउनू

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन्।कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई उनले आग्रह गरे। नयाँ शैक्षिक सत्र सुरु भई भर्ना अभियान चलिरहेको उल्लेख गर्दै प्रमुख साहले कामपा क्षेत्र भित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराउनुभएको छ। कामपाको विद्यालय शिक्षा

विद्यालयले किताब र पोसाक बेचे दण्डित गर्छौ : मेयर साह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर साह बताउँछन् । ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेको छ,’ मेयर साहले आज […]

बालेन आएपछि काठमाडौंमा ३९ ठाउँमा चल्यो डोजर (सूचीसहित)

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ३९ ठाउँका अनधिकृत संरचना हटाएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको महानगरले […]

बालेनको प्रतिबद्धता : वडा तहमा खेल मैदान, ग्रासरुटमा खेलाडी उत्पादन

काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गर्ने जनाएका छन् ।उनको घोषणा पत्रमा खेलकुद र युवा सशक्तीकरणको प्रवर्द्धन गर्न बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेस गर्न सहयोग गर्ने उल्लेख गरेका छन् । त्यस्तै स्थानीय खेलाडीहरुलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्र