महानगरको निर्देशनपछि १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं : काठमाडौं महानगरपालिकाको निर्देशनपछि संस्थागत विद्यालयका १३ हजार विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्। महानगरपालिकाका प्रमुख बालेन साहको निर्देशनपछि ४६५ वटा विद्यालयले छात्रवृत्ति दिएका कारण १३ हजार विद्यार्थीहरूले विभिन्न किसिमको छात्रवृत्ति पाएको बताएका हुन्।  उनका अनुसार महानगरपालिकाभित्र ५०४ निजी विद्यालय छन्। तर,४६५ वटाले मात्रै छात्रवृत्ति विवरण बुझाएका छन्। प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने प्रमुख साहले फेसबुकमार्फत जानकारी दिएका छन्। महानगर प

सम्बन्धित सामग्री

दोधारा चाँदनीको बजेट ६२ करोड

असार १०, महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बुधवार पाँचौं नगरसभा सम्पन्न गरेको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।  नगरपालिकाले आगामी आवका लागि ६२ करोड १५ लाख १३ हजार रुपैयाँको बजेट ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जानकारी दिए । बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाका सूचना अधिकारी डम्बरध्वज अवस्थीले आगामी आवका लागि चालूतर्फ २४ करोड ३४ लाख ६५ हजार र पूँजीगततर्फ ३७ करोड ८० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रमा २ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।  त्यस्तै शिक्षाक्षेत्रमा १ करोड ४० लाख र कृषि तथा पशुपालनतर्फ ६१ लाख बजेट विनियोजन गरिएको छ । आगामी आवमा नयाँ योजनाभन्दा यसअघि सञ्चालनमा रहेका योजनालाई नगरपालिकाले निरन्तरता दिएको छ । ३ करोड १४ लाख रुपैयाँ आन्तरिक आयस्रोत रहेको यस नगरपालिकाले अन्य बजेट प्रदेश र संघीय सरकारबाट प्राप्त गर्नेछ । नगरपालिकाले छोरी जम्माउने दम्पतीलाई प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले नगरक्षेत्रमा जन्मिएकी छोरीको बैंक खाता खोलेर ३ हजार रुपैयाँ जम्मा गरिदिने योजना ल्याएको नगर उपप्रमुख चिनी गिरीले जानकारी दिइन् । त्यस्तै भानु माविमा उच्च शिक्षा पढ्ने  तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको उनले बताइन् । नगरपालिकाले हिंसा पीडित महिला र दशनामी तथा संन्यासी समुदायका लागि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरेको छ । साथै नगर अतिथि गृह र भ्यू टावरका लागि समेत बजेटको व्यवस्था गरिएको छ ।