राँझा । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो ।
कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन । बिहान जिब्रो बाक्लो हुँदै गएको र केही पनि निल्न सक्ने अवस्था नभएपछि स्वास्थ्य उपचारका लागि आचार्य नजिकैको मेडिकल हुँदै शिक्षण अस्पताल कोहलपुर पुगे।
बिहान ७ बजे शिक्षण अस्पताल पुगेका आचार्यको स्वास्थ्य अवस्था बिग्रिएको सर्पदंशका कारण हो भन्ने एकीन नभएकाले शिक्षण अस्पतालका चिकित्सकले नाक, कान, घाँटी, आँखा विभागमा जाँच गर्दा गर्दै बिरामीको श्वास प्रश्वास प्रणालीमै समस्या भयो । सास फेर्न नसकेर ढलेपछि बिरामीको सघन उपचार कक्षमा उपचार शुरू भयो ।
सघन उपचार कक्षमा राखेर उपचार गर्ने क्रममा पुगेका सर्पदंश व्यवस्थापन तालिम लिएका चिकित्सकले बिरामीको लक्षणअनुसार सर्पदंश भएको अनुमान गरे पश्चात बिरामी १४ घण्टापछि राति ९ बजे शिक्षण अस्पताल कोहलपुरबाट भेरी अस्पताल नेपालगञ्ज रिफर भए । पूरै बेहास अवस्थामा भेरी अस्पताल पुगेका बिरामीको राति १० बजेर ३० मिनेटबाट मात्रै उपचार शुरू भयो ।
मस्तिस्क पनि सुस्त अवस्थामा पुगिसकेका बिरामीलाई भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा कृष्ण आचार्यको टोलीले सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’सहित सर्पदंशको उपचार शुरू गर्यो । नौ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बिरामीले नयाँ जीवन पाएको डा आचार्यले बताए ।
“बिरामीको हिस्टोरी र लक्षण हेर्दा सर्पले टोकेको पुष्टि भए पनि भेरी अस्पताल पुग्दा बिरामीको अवस्था अत्यन्तै गम्भीर भएकाले क्रिटिकल केयरमा राखेर उपचार शुरू गरे बिरामी बाँच्ने सम्भावना देखियो”, डा आचार्यले भने, “यस्तो अवस्थामा एनटीस्न्याक भेनमको कुनै भूमिकानै थिएन, बिरामीलाई क्रिटिकल केयरको आवश्यकता थियो ।”
भेरी अस्पतालको पचास/साठी जनाको नर्सिङ स्टाफको टोलीले अनवरत रुपमा भेन्टिलेटरमा राखेर उपचार गरेपछि नौ दिनमा भेन्टिलेटरको ट्यूब निकालिएको थियो । यो एउटा उदाहरण मात्र हो । सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना छन् । डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्याए बिरामीको ज्यान जोगिने बताए ।
सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने प्रेषण अस्पतालमा ल्याउन उनको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले ८० प्रतिशत बिरामीको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताए । “सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन”, उनले भने ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँ सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भए पनि भेन्टिलेटर र अरु उपचारका साथै औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति मारमा परिरहेको बताए ।
नेपालमै पहिलो पटक सर्पदंशको उपचार गरेका नवलपरासीस्थित कालीगण्डकी अस्पतालका डा छविलाल थापा मगरले अस्पताल ल्याएका सबै सर्पदंशका बिरामीलाई भेन्टिलेटर आवश्यक नरहेको अनुभव सुनाउँदै विषालु सर्पले टोकेका व्यक्तिले समयमै एन्टिस्नेक भेनम पाएमा निको हुने बताए ।
“धामीझाँक्री कहाँ लगेर ल्याउँदा ढिलो हुन्छ, बाटोमै मृत्यु हुनसक्छ, सर्पले टोकेका व्यक्तिले समयमै उपचार पाए निको हुन्छ”, उनले भने । तराईका विभिन्न स्थानमा सर्प डसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेकाले त्यसबाट बचाउन सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान शुरू भएको छ ।
अभियानका क्रममा नेपाली, थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबारे मिथिला कलामा आधारित पाँच भाषाको पोस्टर, रेडियो कार्यक्रम र पीएसएमार्फत जनचेतना जगाउने काम भइरहेको रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डा निर्मल रिजालले जानकारी दिनुभयो । भेषराज बस्नेत, रासस
१७ मंसिर, काठमाडौं । तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । आन्द्राको क्यान्सरबाट पीडित पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेको छ । ब्राजिली सन्चारमाध्यमले जनाएकअनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो […]
विश्वविख्यात फुटबल लिजेन्ड पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। आन्द्राको क्यान्सरविरुद्ध उपचार गराइरहेका पेलेको स्वास्थ्य झनै खराब बनेको हो। डाक्टरहरुले पेलेको शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि उनलाई दिइँदै आएको केमोथेरापी बन्द गरेर ‘जिवनको अन्तिम हेरचाह कक्ष’मा सारिएको छ। ब्राजिलबाट प्राप्त रिपोर्टहरुमा ८२ वर्षीय पेले साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन्। उनलाई अहिले ‘प्यालिएटिभ केयर’ वार्डमा सारिएको […]
काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । बुधबार साँझ वीर अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई मौसमी ज्वरोले सताएको झाँक्रीको परिवारले जनाएको छ । पाँच दिनदेखि रुघाखोकी लागेपछि उनी घरमै केयर गरेर बसेकी थिइन । आरामकै क्रममा उनमा निमोनियाको लक्षण देखिएपछि अस्पताल […]
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा. प्रदीप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने सम्झौता भएको हो । कोरोनाबाट दिनप्रतिदिन पत्रकार संक्रमित हुन थालेपछि संक्रमित पत्रकार र तिनका परिवारको उपचारमा सहयोग पु¥याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो । डा. केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र तिनका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने उपायबारे निःशुल्क परामर्श दिने गरी सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।
उनका अनुसार संक्रमित पत्रकार एवं तिनका परिवारले डा. केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ । डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरे सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पिटलमा भेट्न सकिनेछ । यसका लागि महासंघका कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् ।
काठमाडौं । कोभिड१९ बाट सङ्क्रमित भएका आधा भन्दा बढी मानिस घर, होटेल वा अन्य कुनै सार्वजनिक ठाउँमा आइसोलेसनमा बसिरहेका छन् । स्वस्थ भनेकै व्यक्तिको स्वास्थ्य अवस्था समेत कोभिड९१९ को सङ्क्रमणपछि बिहान बेलुका जतिसुकै बेला बिग्रिन सक्छ । यसै समस्यालाई मध्यनजर गर्दै कोरोना महामारी कै बीच सुरु भयो डिजिटल ‘डाँफे कोभिड केयर’ ।
काठमाडौं – नागरिक अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डाक्टरले बताएका छन् ।
छाती धेरै दुखेपछि केसीलाई सोमबार बिहान त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको क्रिटिकल केयर युनिट(सीसीयू)मा भर्ना गरिएको छ । उहाँको जाँच भइरहेको र अझै केही...
काठमाडौँ : जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्पेशल केयर यूनिटमा राखि मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको चिकित्सकहरुले बताएका छन्। डा केसीको रगतमा अक्सिजन, म्याग्नेसियमको मात्रा कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले
काठमाडौं: जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्पेशल केयर यूनिटमा राखि मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको चिकित्सकहरुले बताएका छन। डा केसीको रगतमा अक्सिजनको मात्र कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले जुनसुकै बेला