घरमै बसेका कोरोना सङ्क्रमितको हेरविचार गर्दै ‘डाँफे कोभिड केयर’

काठमाडौं । कोभिड१९ बाट सङ्क्रमित भएका आधा भन्दा बढी मानिस घर, होटेल वा अन्य कुनै सार्वजनिक ठाउँमा आइसोलेसनमा बसिरहेका छन् । स्वस्थ भनेकै व्यक्तिको स्वास्थ्य अवस्था समेत कोभिड९१९ को सङ्क्रमणपछि बिहान बेलुका जतिसुकै बेला बिग्रिन सक्छ । यसै समस्यालाई मध्यनजर गर्दै कोरोना महामारी कै बीच सुरु भयो डिजिटल ‘डाँफे कोभिड केयर’ ।

सम्बन्धित सामग्री

अग्रमोर्चामा रहेर बिरामीको सेवा

कोरोना भाइरस सङ्क्रमणको महामारीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमध्ये नर्स पहिलो स्थानमा रहे । नर्सले कोरोना सङ्क्रमित बिरामीको उपचार, हेरचाह, औषधि दिने लगायतका सङ्क्रमितको गुनासो सुनेर काम गर्नुपर्ने जिम्मेवारीका कारण यो अवस्था देखिएको हो । चिकित्सकभन्दा नर्स सबैभन्दा बढी खटिने स्वास्थ्यकर्मीभित्र पर्दछन् । आईसीयूमा उपचाररत सङ्क्रमित होस् वा भेन्टिलेटरमा पु¥याइएका बिरामी होस् उनीहरूलाई नर्सले नै हेरविचार गर्नुपर्ने हुन्छ । बिरामीको हेरचाह गर्दा यतिखेर धेरै नर्स सङ्क्रमित हुन पुगेको पाइएको छ । वीर अस्पतालमा सयभन्दा बढी नर्स सङ्क्रमित भएका थिए । पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गङ्गालाल, हृदयरोग केन्द्र, शिक्षण अस्पताललगायत अन्य सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर्स अहिले सङ्क्रमित हुन पुगेका छन् । अधिकांश नर्सले कोरोना जितिसकेका छन् र अझै कतिपय जुधिरहेका छन् । केही नर्सको कोरोनाकै कारण निधन भइसकेको छ ।