२२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन् । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन्। उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका […]