सिटिजन्स बैंकको ऋणपत्र बुधवारदेखि निष्कासन हुने, ब्याजदर कति ?

काठमाडौं । सिटिजन्स बैंकले बुधवार (भोलि)देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन बन्द छिटोमा असोज २१ गतेभित्र हुनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १ गतेसम्म ऋणपत्रको विक्री लम्बिनेछ । बैंकको ऋणपत्र तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।  ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  

सम्बन्धित सामग्री

कुमारी बैंकको ऋणपत्र विक्री खुला, ब्याजदर कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र आजदेखि विक्री खुला भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको हो ।  बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री खुला गरेको हो ।  सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा कात्तिक १२ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म विक्री लम्बिनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ । ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

साउन १८ गतेदेखि नेपाल एसबिआई बैंकको २ अर्ब बराबरको ऋणपत्र निष्कासन हुने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात् ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् । ऋणपत्र विक्री अवधि छिटोमा साउन २२ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा साउन ३२ गतेसम्म विक्री लम्बिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

लुम्बिनी विकास बैंकको ऋणपत्र जेठ १६ देखि निष्कासन

लुम्बिनी विकास बैंकले यही जेठ १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ’११% एलबिबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात […]

कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ११ प्रतिशत ब्याजदर पाइने

कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी

हिमालयन बैंकको ऋणपत्र बिक्री खुल्यो

१५ साउन, भदौ । हिमालयन बैंकले १५ भदौ बुधबारबाट ऋणपत्र निष्कासन बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । सात वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत रहेको छ । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल […]

कुमारी बैंकको ऋणपत्रसम्बन्धी सम्झौता

कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागि सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ ।बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति कित्ता अंकित मूल्य एक हजार रुपैयाँको दरले ३० लाख कित्ता गरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको हो । […]

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

चैत २९, काठमाडामैं । मंगलवार नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  सिभिल बैंक डिवेञ्चर २०८८ डिबेञ्चर नामक ऋण सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको कम्पनीले जानकारी दिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट

काठमाडौं, ३ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि १० वर्षे अवधिको जारी गरेको ऋणपत्र बाँडफाँट तथा रकम फिर्ता गरेको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्र बाँडफाँट तथा नपरेको रकम फिर्ता गरेको हो । बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको […]

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट

काठमाडौं, १० असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले ६ वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएकोे ऋणपत्र निष्कासन तथा व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविविलाई नियुक्त गरेको हो । बैंकको अनुसार अबदेखि ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, […]

सांग्रिला डेभलपमेन्ट बैंकको आजदेखि ७५ करोडको ऋणपत्र निष्काशन, ब्याजदर कति ?

काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्ने भएको हो । बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएर जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा […]