राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट

काठमाडौं, १० असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले ६ वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएकोे ऋणपत्र निष्कासन तथा व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविविलाई नियुक्त गरेको हो । बैंकको अनुसार अबदेखि ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, […]

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउने सरकारी कम्पनी भएका छन्। स्थानीय तहले ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गर्न लागिएको छ। एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रियो। एनएमबी र सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट ६ अर्ब ऋण लगानी लिएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन […]

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५% आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा कारोवार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले हस्ताक्षर गरेका हुन् ।बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गते देखि असार ८ गतेसम

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ नियुक्त

असार १०, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले निष्कासन गरेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको हो ।    कम्पनीले रू. २५ लाख कित्ता ऋणपत्र गत जेठ २५ गतेदेखि २८ गतेसम्म विक्री खुला गरेर असार २ गते बाँडफाँट गरेको हो ।  डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

जेठ २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिएको हो । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र विक्री गरिनेछ ।  उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको कम्पनीले जानकारी गराएको हो । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजबाट बिक्री खुला हुँदै

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  मंगलबार (आज) देखि ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गर्दैछ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भोलिबाट विक्री खुला हुँदै

जेठ २४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्र मंगलवारबाट खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारण कालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र विक्री गरिनेछ ।  छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । पूर्ण सरकारी