धनगढी : डा गोविन्द केसीले अनशन तोडेका छन्। अनशन तोडेपछि डा केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको उनका सहयोगी अमृत जैशीले जानकारी दिए। धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका उनले ७२ घण्टापछि स्थानीय अन्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेर डा केसीले शुक्रवारदेखि ३ दिने सत्याग्रह शुरु गरेका थिए।