गठबन्धनले कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेकपा एसका मकवानपुर अध्यक्षले पार्टी छाडे

हेटौंडा । सत्ता गठबन्धनको भागबन्डामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको नेकपा एकीकृत समाजवादीलाई चुनावी अभियान सुरू नहुँदै धक्का लागेको छ । गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको भन्दै नेकपा एसका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ८ […]

सम्बन्धित सामग्री

वामदेवको निष्कर्षः कम्युनिष्ट आन्दोलन धराशायी, आगामी निर्वाचनमा कांग्रेसको बहुमत

काठमाडौँ – नेकपा राष्ट्रिय एकता पार्टीका अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासायी बनेको बताएका छन्। काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरासायी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए। आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासायी बनेको हेरेर बस्न नसक्ने भन्दै […]

कम्युनिष्ट आन्दोलन धराशायी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव

काठमाडौँ- नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धराशायी बनेको बताएका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशायी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए । आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशायी बनेको हेरेर बस्न नसक्ने […]

ओलीकै कारण कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो : नेपाल

विराटनगर-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएका छन् ।विराटनगरमा नेकपा (एसले) शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले ओलीको अहमताका कारण कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएको उल्लेख गरे । “एमाले र माओवादी मिलेर सबैभन्दा ठूलो पार्टी बनेको थियो । चुनावमा जनताले विश्वास गरेर झण्डै दुई तिहाईको बहमुत पनि […]

ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : नेकपा (एस) सचिव विश्वासी

नेकपा (एकीकृत समाजवादी) का सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन् ।  शनिवार रूपन्देहीको भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले आफूलाई संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर ओलीले अघि बढेको बताए ।  ‘ओली प्रवृत्तिकै कारण आज कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको छ,’ उनले भने, ‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिष्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ ...

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । अध्यक्ष नेपालले न

एमालेको नेतृत्वमा कम्युनिष्ट आन्दोलन सुदृढ बनाउँछौँ : थापा

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट आन्दोलन सुदृढ बनाउन लाग्ने बताएका छन्। काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘पछिल्लो ३ वर्षमा दुई लाइनको संघर्ष सुरु भयो। पार्टीभित्र पूँजीवादी दक्षिणपन्थी धारा विकास भयो, कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई ढाल्न सफल भए।’ अब एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टीलाई सुदृढ गर्न लाग्ने उनले बताए। थापाले भने,‘एमालेको इतिहासको अध्ययन र आत्मसाथ गर्दै

अष्टलक्ष्मी शाक्यले भनिन्- युवालाई बाँदर बनाएर कम्युनिष्ट आन्दोलन जोगिँदैन

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा व्यक्तिप्रधान प्रवृत्ति हाबी भएकाले नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको बताएकी छन् ।  ४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित प्रवचन कार्यक्रममा शाक्यले पुष्पलाल सिद्धान्तमा अडिग रहने नेता भएकाले त्यसबेलाको कम्युनिष्ट पार्टी व्यक्तिप्रधान नभएको बताइन् । शाक्यले युवाहरूलाई बाँदर बनाएर सडकमा प्रदर्शन गरेर नेपालको कम्युनिष्ट आन्दोलन नजोगिने टिप्पणी गरेकी छन् । केही दिन अघि एमालेका ओली पक्षीय युवाहरूले बाँदरको रुपमा सडकमा...

युवालाई बाँदर बनाएर सकडमा उतारेर कम्युनिष्ट आन्दोलन जोगिँदैन: अष्टलक्ष्मी शाक्य

काठमाडौँ – नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बाँदर बनाएर युवाहरुलाई सडकमा उतारेर कम्युनिष्ट आन्दोलन नजोगिने बताएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि सर्वोच्च अदालतले संसदलाई पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध युवाहरुलाई बाँदरको रुपमा सकडमा उत्रारेका थिए। उनले भनिन,‘ किन बाँदर बनाएर सकडमा युवाहरुलाई उतारिएको छ। कम्युनिष्ट आन्दोलनलाई बिगारिएको छ।’ […]

नेपालको कम्युनिष्ट आन्दोलन वर्गसंघर्षको विचित्र मोडमा : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलन वर्गसंघर्षको विचित्र मोडमा उभिएको बताएका छन् ।  आइतवार सामाजिक सञ्जालमा लेख्दै उनले अहिले जोसँग मिल्नुपर्ने हो उसँग चरम द्वन्द्व भएको समेत टिप्पणी गरेका छन् ।  उनले भनेका छन्,  'जो संग मिल्नुपर्ने हो उसँग चरम द्वन्द्व छ, जोसँग संघर्ष गर्नु पर्ने हो उसँग गहिरो मित्रता छ । शास्त्रलाई संस्कारले जितेर त होला ।'   वर्गसंघर्षको विचित्र मोडमा उभिएको छ नेपालको कम्युनिष्ट आन्दोलन । जो संग मिल्नुपर्ने हो उसंग...