नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो । नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक(एक गोल गरे । आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे । जितसँगै घरेलु टोली इङ्ग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । समाम तीन अंकको इङ्ल्यान्ड दोस्रो स्