महिला युरोकप : इङ्ग्ल्यान्डको विजयी सुरुवात

बेथ मिडको निर्णायक गोलमा आयोजक इङ्ग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इङ्ग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । इंग्ल्याण्डको जितमा बेथ मिडले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै समूह ए मा तीन अंक जोडेको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ । जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । 

सम्बन्धित सामग्री

महिला युरोकप : नर्दन आयरल्यान्डविरुद्ध नर्वेको सहज जित

नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।  बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो । नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रीडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक(एक गोल गरे । आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरे । जितसँगै घरेलु टोली इङ्ग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । समाम तीन अंकको इङ्ल्यान्ड दोस्रो स्